खुल्ला आकाशमा
यी सुरम्य पंक्षीहरुलाई स्वतन्त्र उड्न देऊ !
जब यी पंक्षीहरु स्वतन्त्र उड्ने छ ,
तब यिनले धर्ति र गगनबिचको
दुरि नाप्ने छ !
नयाँ मान्छेहरुको , नयाँ समाजको
अन्वेषण गर्ने छ !
जहाँ भोक र रोग हुँदैन ,
जहाँ वर्ग र धर्म हुँदैन ,
फगत आफूहरु जस्तै ,
निश्छल , नवीन , सुरम्य मान्छेहरु हुने छन् !
त्यसैले यी पंक्षीहरुलाई स्वतन्त्ररुपमा उड्न देऊ!
त्यो ज्ञानको उद्यानमा
यी अंकुरहरुलाई अंकुरण हुन देऊ !
जब यी पुष्पमा परिणत हुने छ ,
तब यिनले विकृति , असमानताका
गन्धाहरुलाई सुवासबाट निरेकरण गर्ने छ !
आफू जस्तै पुष्पहरुको
एउटा नुतन उद्यानको निर्माण गर्ने छ !
जहाँ दुष्ट कडा हुँदैन ,
जहाँ असुर कुडा हुँदैन ,
केबल आफू जस्तै ,
सुरम्य , कोमल , अबोध फुलहरु हुने छन् !
त्यसैले यी हजारौं फुलहरुलाई फुल्न देऊ !
यी अंकुरहरुलाई अंकुरण हुन देऊ !
त्यो सीप , बोधार्थका सागरमा
यी सागिर्दहरुलाई पौडिन देऊ !
जब यी कुशल पौडिबाज बन्छन्
तब यिनले डुब्न लागेको देशलाई
किनार लगाउने छ !
विकास र निर्माणका मुलहरु फुटाउने छ !
यो सभ्य समाजको निर्माण गर्ने छ !
त्यसैले यी सागिर्दहरुलाई पौडिन देऊ !
खुल्ला आकाश स्वतन्त्र उड्न देऊ !
अंकुरहरुलाई अंकुरण हुन देऊ !

– कवि सार्थक विद्रोही
