`केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए ।’- केपी शर्म ओलि

नेकपा एमाले अध्यक्ष ओलीले आफूले एमाले पार्टी एकता बचाउन नसकेकोमा दुखी रहेको बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले विविध कोशिस गर्दागर्दै पनि बचाउन नसकेको र पार्टी फुटेकोमा आफू दुःखी भएको बताएका हुन् । देउवा सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेशको बलमा माधवकुमार नेपालले ओलिसँग विद्रोह गर्दै निर्वाचन आयोगमा नेकपा ( एकीकृत समाजवादी ) दर्ता गराएसँगै नेकपा एमाले फुटको संघारमा पुगेको हो।

‘मेरो समयमा पार्टी प्रमुख भएकाले मैले बचाउने कोशिस गर्दागर्दै पनि पार्टी बचाउन नसकेकोमा दुःखी छु’, ओलीको भनाइ छ । उनले आफुले पढाएका सवै विद्यार्थी डिस्टिङसन ल्याउन भन्ने भएपनि केही विद्यार्थी फेल हुन स्वभाविक भएको बताए । ‘मैले पढाएका विद्यार्थी सय प्रतिशत ल्याउन भन्ने चाहान्छु तर कोही कोही फेल भए’, ओलीले माधव नेपाल समूहप्रति लक्षित गर्दै भने, ‘केही मान्छे बाक्लो दाल खान हण्डी बोकेर दाल बेसाउन गए ।’

Leave a comment

Design a site like this with WordPress.com
Get started