ए !श्रमिक ,
मजदुर , कुर्मीहरु हो
तिम्रा राजनीति ,
तिम्रा श्रम र पसिनाका शोषण गर्ने
पुँजीपतिहरूले गरेर हुँदैन !
त्यसैले तिमी आफ्ना अधिकारका लागि आफै लड् !
आधुनिक स्पर्कटस बन्ने साहस गर !
आफ्ना लागि आफै राजनीति गर !
ए ! मेरी आमा ,
दिदिबहिनी , भाउजूहरु हो
तिम्रा राजनीति ,
पितृसत्ताका जुँगाले
तिम्रा प्रगति र स्वतन्त्रताका बाटाहरु अवरुद्ध गर्ने
मेरा बुबा , दाइभाइ , काका र मैले गरेर हुँदैन !
त्यसैले तिम्रा अधिकारका लागि आफै लड्!
आधुनिक बुलनदेवी बन्ने हिम्मत गर!
तिम्रा राजनीति आफै गर !
ए! उत्पीडित ,
निमुखा , भोका , नांगाहरु हो
तिम्रा राजनीति ,
यी उत्पीडनका जन्जिर चलाउनेहरुले
शोषणका औजारहरु बर्साउनेहरुले गरेर हुँदैन !
त्यसैले तिम्रा राजनीति , स्वयं आफै गर !
आफ्ना मुक्तिका आवाजहरु , आफै उठाऊ !
आफ्ना लागि , आफै लड् !
कसैले कसैका निम्ति लड्दैन !
कसैले कसका लागि बोल्दैन
जसको उत्थान हुनुपर्दछ ,
ऊ स्वयंमले त्यसको अगुवाइ गर्नुपर्दछ !
जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ!
-सार्थक विद्रोही
